माधव नेपालको पार्टी सनाखत हुनासाथ मन्त्रिपरिषद् विस्तार हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालको पार्टी नेकपा एमाले (समाजवादी) निर्वाचन आयोगले मान्यता दिएपछि मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । नेपाल समूहले बुधबार निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेको थियो ।

आज (बिहीबार )काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रचण्डले नेपालको पार्टी सनाखत हुनासाथ मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको बताए । आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, माधव कुमार नेपाल र प्रचण्डबीच भएको भेटवार्तामा चाडै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको थियो ।



प्रचण्डले भने – अहिले दर्ता भएको नयाँ पार्टीको सनाखत भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुन्छ, जति छिटो सनाखत हुन्छ उति छिटो मन्त्रिपरिषद विस्तार हुन्छ ।’ बुधबार राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै माधव नेपाल समूह र जसपाका ठाकुर पक्षले निर्वाचन आयोग गएर नयाँ दल दर्ता गरेका थिए ।

सम्बन्धित समाचार