अध्यक्ष हुनकै लागि माधवले नयाँ दल दर्ता गरे : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाललाई अध्यक्ष हुने पर्ने रोग लागेको बताएका छन् । आज (बिहीबार) जिल्ला समन्वय समिति भक्तपुरले गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्रको उद्घाटन क्रममा उनले अध्यक्ष हुनको लागि नेपालले पार्टी फुटाउदै नयाँ दल दर्ता गरेको बताए ।

त्यस्तै ओलीले माधव नेपाल आफूकहाँ अध्यक्ष पद माग्न आएको बताए । ओलीले आफु नेतृत्वको सरकारले अभूतपूर्व काम गरेको दावी गरेका छन् । उनले माधव कुमार नेपाल पार्टीलाई सिध्याउने भूमिकामै रहेको भन्दै पार्टीलाई खुम्चाएको आरोप लगाए ।



यस्तै ओलीले माधवकुमार नेपाललाई साथ दिएका नेताहरुलाई एमालेमा फर्किन आग्रह गरेका छन् । माधव नेपाललाई दोस्रो अध्यक्ष दिन्छु भन्दा पनि नलिएर अध्यक्ष नै हुनका लागि पार्टी फुटाएको ओलीले बताए । ओलीले माधव कुमार नेपाल समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ता गराउँदैमा एमालेमा कुनै क्षति नभएको दावी गरे ।

सम्बन्धित समाचार