नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ भदौ ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (शुक्रबार) रु ४०० ले उकालो लागेको छ । तोलामा ४०० रुपैयाँ घट्दै रु ९० हजार ८०० मा बिहीबार कारोवार भएको छापावाला सुन आज भने तोलाको रु ९१ हजार २०० मूल्य निर्धारण भएको हो ।
यस्तै तेजाबी सुन बिहीबार तोलामा रु ९० हजार ३०० मा कारोवार भएकामा आजका लागि भने रु ९० हजार ७०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य भने बिहीबारको मूल्य भन्दा १५ रुपैयाँ घट्दै तोलाको रु १ हजार १९५ मा कारोवार भएको छ ।
केही दिन यता नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ हुँदै आएको छ ।