नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ भदौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेका छन् । जबराले एक महिना बितिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेका हुन् ।
काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष जबराले नेपाली कांग्रेसले सरकार चलाउन नसक्ने बताएका छन् । त्यस्तै उनले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको विरोध गर्नेले नै अध्यादेश ल्याउनु कांग्रेसको ठूलो भुल भएको बताए ।
जबराले पार्टी फुटाउन पाउने गरी अध्यादेश ल्याएको भन्दै उनले कांग्रेसको आलोचना गर्दै सरकार चलाउन नसक्ने दाबी गरे ।

