मुख्यमन्त्री भट्ट र प्रचण्डबीच भेटवार्ता, प्रदेश सरकार फेरबदलबारे छलफल

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । शनिबार भट्ट र प्रचण्डबीच खुमलटारमा भेटवार्ता भएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व फेरबदलको चर्चा चलिरहेका बेला मुख्यमन्त्री भट्टले प्रचण्डलाई भेटेका हुन् । भेटका क्रममा उनीहरुबीच प्रदेश सरकार फेरबदलबारे कुराकानी भएको बताइएको छ ।



स्रोतका अनुसार प्रचण्डले वर्तमान प्रदेश सरकार तत्कालै परिवर्तन हुने सम्भावना कम रहेको बताएका थिए । सुरुमा संघीय मन्त्रिमण्डल विस्तार हुने र त्यसपछि प्रदेश सरकारको नेतृत्व माओवादीले नै गर्ने वा अन्य पार्टीले गर्नेबारे निर्णय गरिने प्रचण्डले बताएका थिए ।

माओवादीले नेतृत्व गर्दै आएको प्रदेश सरकार अब कांग्रेस वा माधव समूहको नयाँ पार्टीले नेतृत्व गर्ने चर्चा छ ।

सम्बन्धित समाचार