नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ भदाै ।

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम उपप्रधानमन्त्री बन्ने समाचार आइरहेका बेला उनको सचिवालयले भने यो हल्ला मात्र भएको बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने समाचारहरू विभिन्न अनलाईनहरूमा आएपछि गौतमको सचिवालयले त्यस्ता खबरमा सत्यता नभएको जनाएको छ ।
सचिवालयका अनुसार यी राजनीतिक प्रतोशोधका लागि चलाइएका हल्लाहरू मात्रै हुन् । ‘सरकारमा जाने कुरा बेतुकको हल्ला हो, नियोजित हल्ला चलाएर राजनीतिक प्रतिशोध साँध्ने काम भइरहेको छ’ गौतमको सचिवालयले भन्यो।
पछिल्ला केहिदिनमा विभिन्न मिडियाहरूमा गौतम उपप्रधानमन्त्री बनेर सरकारमा जाने भन्दै समाचार आइरहेका थिए । तर त्यस्ता समाचारहरू प्रोपोगण्डा मात्रै भएको सचिवालयले बतायो । नेकपा एमाले विभाजन भएर वरिष्ठ नेता माधव नेपालले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि तटस्थ देखिएका गौतमलाई केन्द्रमा राखेर सरकारमा जाने हल्ला चलाइएपछि उनी असन्तुष्ट बनेका हुन् ।

