नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ भदाै ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बिहान १२ बजे बस्ने बैठकमा पार्टीमा रिक्त रहेका पदपूर्ति गर्ने विषयमा केन्द्रीत हुने केन्द्रीय सदस्य गणेश साहले बताए ।
हिजो बसेको स्थायी कमिटी बैठकमा पनि केन्द्रीय, प्रदेश र स्थानीय तहमा रहेको रिक्त पदमा परिपूर्ति गर्ने वा नगर्ने भन्ने विषयमा छलफल भएको थियो । तर सो विषयमा कुनै ठोस निर्णय हुनसकेको थिएन ।
साउन ३१ को केन्द्रीय कमिटी बैठकले एकसाता भित्र रिक्त पदपूर्ति गर्ने जिम्मा स्थायी कमिटीलाई दिने निर्णय गरेको थियो ।

