निर्वाचन आयोगले के सोध्दैछ सभामुखलाई ?

निर्वाचन आयोगले सभामुख अग्निप्रसाद सापकोटालाई आयोगमा दर्ता भएको माधव नेपाल पक्ष र महन्थ ठाकुर पक्षले दर्ता गराएका सांसदहरु सम्बन्धित दलका हुन् कि होइनन् भनेर सोध्ने निर्णय गरेको छ ।

नेपाल र ठाकुर पक्षले राजनीतिक दल सम्बन्धि अध्यादेश जारी भएपछि नयाँ दल दर्ता गराएका थिए । नेपाल पक्षले ‘नेकपा एकीकृत समाजवादी’ र ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) भनेर दर्ता गरेका हुन् । दुवै पार्टीले २० प्रतिशत सदस्य संख्या लिएर फरक पार्टी दर्ता गर्न निवेदन दिएपछि आयोगले सभामुखलाई औपचारिक पत्र पठाएर जवाफ माग्ने निर्णय गरेको हो ।



आयोगका एक अधिकारीले सभामुखलाई पत्र पठाइसकेको र सभामुखको जवाफ पर्खिरहेको बताए । त्यस्तै आज (आइतबार)नयाँ दलको सनाखत लागि आयोगले दुवै पार्टीलाई बोलाएको छ ।

सम्बन्धित समाचार