नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ भदाै ।

नेकपा एमाले विभाजित भएर नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गरेको माधव नेपाल समूह पार्टी दर्ता भएलगत्तै सरकारमा जाने भएको छ । एकीकृत समाजवादीले सरकारमा माओवादी कन्द्रको बराबर हैसियतामा पाउने भएको छ । सत्ता गठबन्धनबीच भएको मन्त्रालय बाँडफाँटमा यो दललाई एक उपप्रधानसहित ६ मन्त्रालय र रिक्त रहेको उपसभामुख पनि दिने भएको छ ।
यो दलले बेदुराम भुसालको नेतृत्वमा सरकारमा सहभागी जनाउने भएको छ । भुसालसँगै मुकुन्द न्यौपाने, विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठ मन्त्री बन्ने लगभग निश्चित छ । जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, मेटमणि चौधरी र हिराचन्द्र केसी, डा. खिमलाल देवकोटा र प्रेम आले पनि मन्त्री बन्ने चर्चा छ ।
नेपालको पार्टीले उपसभामुख पनि पाउने भएको छ । उपसभामुखमा सरला यादवको सम्भावना रहेको स्रोतको दाबी छ ।

