नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ भदौ ।

पार्टी फुटाएर नयाँ दल दर्ता गरेका माधव कुमार नेपाललाई नेकपा (एमाले) की नेतृ तथा सांसद नविना लामाले लोभी, पापी, चरम व्यक्तिवादी, अवसरवादी र गद्दारको संज्ञा दिएकी छिन् । लामाले नेपालको यो गल्तीलाई कार्यकर्ता र पार्टीका शुभचिन्तक अनि आम जनताले कदापी छुट नदिने बताएकी हुन् ।
सामाजिक संजाल फेसबुकमा लामाले लेखेकी छिन् – ‘सामाजिक संजालमा गौरवशाली जनताको प्रिय पार्टीको विभाजनमा केही मानिसहरु रमाएको देखेर केही लेख्न मन लाग्यो। आफूलाई जनताका मुक्तिदाता ठान्ने केही विभिषणले बनाएका क. माधव कुमार नेपालको नेतृत्वले आज पार्टी विभाजन गरेर दर्ता प्रक्रिया जुन ढङ्गले अघि बढाएको छ, त्यो रवैयालाई कार्यकर्ता र पार्टीको शुभचिन्तक अनि आम जÞनताले कदापी छुट दिने छैनन्।’
त्यस्तै लामाले फेसबुकमा पार्टी फुट्नबाट जोगाउने कमरेड भीम रावल, योगेश, गोकर्ण, घनश्याम र सुरेन्द्र लगायत कमरेडहरुको भूमिका सम्मानजनक रहेको टिप्पणी गरेकी छिन् ।
लामले फेसबुकमा लेखेको स्ट्याटस यस्तो छ :
सामाजिक संजालमा गौरवशाली जनताको प्रिय पार्टीको विभाजनमा केही मानिसहरु रमाएको देखेर केही लेख्न मन लाग्यो। आफुलाई जनताका मुक्तिदाता ठान्ने केहि विभिषणले बनाएका क. माधव कुमार नेपालको नेतृत्वले आज पार्टी विभाजन गरेर दर्ता प्रक्रिया जुन ढङ्गले अघि बढाएको छ, त्यो रवैयालाई कार्यकर्ता र पार्टीको शुभचिन्तक अनि आम जÞनताले कदापी छुट दिने छैनन्।
किनभने ५० बर्ष पार्टीमा अविछिन्न शासन गर्ने क. माधव नेपाल लगायत अरु कमरेडहरुलाई यो स्थानमा आइपुग्न हाम्रो पार्टीको कार्यकर्ता तथा शुभेच्छुकहरुले गरेको योगदान, भूमिका, त्याग र बलिदानको मुल्य कसले र कसरी तिर्ने? वहाँहरुलाई के जवाफ दिने? तपाईहरुले कुन्ठा, द्वेषको भरमा कथित विधि पद्धतिको लेपन लगाएर गुटबन्दी गर्दै पार्टी फुटाउनु यो कहाँको विधि? कहाँको पद्धती? क. माधव! तपाईले १५ बर्ष पार्टीको नेतृत्व गर्दा अहिलेको पार्टी अध्यक्ष केपी ओली र उहाँको लाईनलाई कस्तो अवस्थमा पुर्याउनु भयो? पार्टीलाई लज्जास्पद हार सहित तेस्रो स्थानमा पुर्याउनु भयो। आफ्नो गुटकालाई मात्र पक्षपोषण गर्दै तिनलाई राम्रो ठाउँमा, आफ्ना नातागोता/छोराछोरी सबैलाई यथोचित व्यवस्थापन गर्नुभयो। अहिले आफु महाधिवेशनमा हारे पछि पनि ऐक मौकामा जस्केलाबाट छिरेर बिधीको गित गाउँदै अध्यक्ष पदमै दावा गर्ने? यो कुन विधि र पद्धति हो कमरेड?
तपाई लोभी हो। पापी हो। चरम व्यक्तिवादी र अवसरवादी हो। गद्दार हो। ५ बर्ष जनताले दिएको विश्वासको स्थाई सरकारलाई धोका दिएर, छिन्न भिन्न पारेर हिजो राजा ज्ञानेन्द्रको पाँउमा भेटी चढाएझैं गरि आज देउवा पाउमा सत्ता सुम्पनु भयो। यो कुन विधि र पद्धति हो कमरेड? तपाईंको विधि र पद्धतिको कु–कृत्यलाई पार्टीका लाखौं कार्यकर्ता, शुभेच्छुक र जनताले कदापी माफी दिने छैनन्। तपाईलाई अलिकती पनि लज्जा र हिनता महसुस भएन? आफ्नो पार्टीको सरकार र पार्टीनै दनदनी बालेर त्यसैमा आगो तापेर कस्तो न्यानो महसुस भईरहेको छ कमरेड? चैनको निन्द्रा छ?
बरु पार्टी फुटबाट जोगाउन क. भीम रावल, क. योगेश, क. गोकर्ण, क. घनश्याम र क. सुरेन्द्र लगायत कमरेडहरुको भूमिका सम्मानजनक छ। उहाँहरुलाई जनताले सकारात्मक भुमिकाको लागी स्मरण गरिरहनेछ्न् र तपाईलाई सधैं धिक्कारी रहनेछन्। याद रहोस्।

