लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिँदै

लुम्बिनी प्रदेशको प्रदेशसभाको बैठकमा आज(सोमबार) मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने भएका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदको विरोधका बीच केसीले विश्वासको मत लिन लागेका हुन् ।

संविधानको धारा १८८ को उपधारा १ र प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम मुख्यमन्त्रीले वक्तव्यसहित आफूमाथि प्रदेशसभामा विश्वासको मत छ भन्ने प्रस्ताव पेश गर्ने र सो प्रस्तावमाथि छलफल गरी, छलफलमा उठेका प्रश्नहरुको जवाफ पछि सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख गरिएको छ ।



एमालेले प्रदेशसभाका दुई सांसद अजय शाही र विमला खत्री वलीलाई कारबाही नगरेसम्म संसद चल्न नदिने भन्दै आज पनि बैठक अवरोध गरेका थिए । एमालेकै अवरोधका कारण आजको बैठक सभामुख पूर्णबहादुर घर्तीले दिउँसो साढे २ बजेसम्म बैठक स्थगित गरेका थिए ।

एमालेले विना विभागीय मन्त्री शाही र सांसद वलीलाई पार्टीको ह्वीप, विधान र आचारसंहिता उल्लंघन गरेको भन्दै पदमुक्त गर्न प्रदेशसभामा पत्र दर्ता गराएपनि उसले अश्वीकार गरेको छ। प्रदेशसभा सचिवालयले पदमुक्त गर्न नमिल्ने भनेपछि एमाले झन आक्रोशित छ।

सम्बन्धित समाचार