लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत मागे

लुम्बिनी प्रदेशको प्रदेशसभाको बैठकमा आज(सोमबार) मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत मागेका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदको विरोधका बीच केसीले विश्वासको मत मागेका हुन् ।

मुख्यमन्त्री केसीले प्रदेश सरकारले आफ्नो मूल्य र मान्यता अनुसार काम गर्ने प्रतिवद्धता जनाए । त्यस्तै केसीले कुनै प्रकारको दम्भ र अहङ्कार बिना नै आफ्नो नेतृत्वको सरकारले जनताको पक्षमा विनम्रतापूर्वक काम गर्ने बताएका छन् । प्रदेशसभामा विश्वासको मत माग्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बैठक बहिस्कार गरेको छ ।



एमालेले प्रदेशसभाका दुई सांसद अजय शाही र विमला खत्री वलीलाई कारबाही नगरेसम्म प्रदेशसभाको बैठकमा सहभागी नहुने बताएको छ । मत माग्ने क्रममा कोहि पनि एमालेका सांसदको उपस्थिति थिएन ।

 

सम्बन्धित समाचार