आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

२४ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा एक हजार ८०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ११ हजार ३२६ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ८ हजार ७०४ पीसीआर परीक्षण गर्दा एक हजार ५४८ र दुइ हजार ६२२ जनाको एन्टिजेन परीक्षण गर्दा २५३ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार ९२४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ६ लाख ९७ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ रहेको छ । जसमा ३५ हजार १३२ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २१९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६७९ संक्रमित आईसीयूमा र १७६ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ७ लाख ४८ हजार ९८१ पुगेको छ ।

सम्बन्धित समाचार