राष्ट्रपतिले माधव नेपाललाई भेट्दा रन्थन्निए देउवा

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेट भएको छ। भेटका लागि नेता नेपाल सोमबार दिउँसो १२ बजे राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए।

राष्ट्रपति भण्डारी र नेता नेपालबीच एक घण्टा ४५ मिनेट छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ। नेता नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ। निर्वाचन आयोगले उनीहरुलाई सनाखतको लागि बुधबार बोलाएको छ।



नेता नेपाल अगल्लै पार्टी गठनको लागि अगाडि बढेपछि एमालेको पूर्वउपाध्यक्ष समेत रहेकी राष्ट्रपति भण्डारीले नेपालसँग भेट गरेकी हुन्। भेटमा उनले पार्टी विभाजनबारे चासो राखेको बुझिएको छ। उनले एमाले विभाजनबाट कसैलाई फाइदा नहुने बताएकी थिइन्।

यता राष्ट्रपतिले माधव नेपालाई भेट्नु र उता बालकोटमा असन्तुष्ट नेताहरुलाई ओलीले फकाउनु एकसाथ भएपछि एमाले मिल्न लागेको भन्दै देउवा तनावमा देखिएको बालुवाटार स्रोतले बतायो । माधव नेपाल एमालेमा मिल्ने र महन्थ ठाकुर समूहको नयाँ पार्टीले मान्यता पाएको खण्डमा देउवा पुनः अल्पमतमा पर्नेछन् ।

सम्बन्धित समाचार