एमाले स्थायी कमिटीको बैठक बस्दै, माधव नेपालसँग असन्तुष्ट नेताहरु पनि सहभागी हुने

नेकपा एमालेकाे स्थायी कमिटीको बैठक आज बस्दै छ । अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ । बैठकमा ‘तेस्रो धार’मा रहेका नेताहरू पनि सहभागी हुने ज्ञवालीले बताएका छन् ।

नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवदेन दिएपछि केही नेता ओली र नेपाल दुवैतिर खुलेका छैनन् । उनीहरूले पार्टी एक ढिक्का हुनुपर्नेमा जोड दिँदै आएका छन् । पार्टी एकताका लागि ओली लचक हुनुपर्ने र नेपालले पनि नयाँ दल खोल्न नहुनेमा उनीहरूको जोड छ ।



सोमबार अध्यक्ष ओलीको निवास बालकोटमा तेस्रो धारका नेताहरूसितको छलफलपछि आजको लागि बैठक बोलाइएको हो ।सोमबारको छलफलमा तत्कालीन एमाले विवाद समाधान गर्न गठिन कार्यदलमा भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्ने समझदारी भएको ज्ञवालीले जानकारी दिए ।

सम्बन्धित समाचार