तेस्रो तहका यी नेताहरु एमाले स्थायी कमिटी बैठकमा गए

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा सुरु भएको हो ।

बैठकमा माधवकुमार नेपाल समूहमा रहेका उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य, स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे, रघुजी पन्त र पदेन स्थायी कमिटी सदस्य अमृतकुमार बोहराको सहभागीता रहेको छ । आज बिहानै बस्ने भनिएको बैठक ३ बजेको लागि सारिएको हो ।



१० जना स्थायी कमिटी सदस्यहरु झण्डै ६ महिनापछि पार्टी बैठकमा उपस्थित भएका हुन् । यसअघि सोमबार बालकोटमा भएको छलफलमा एमाले विवाद समाधान गर्न गठिन कार्यदलले तय गरेको १० बुँदे सहमति कार्यान्वयन गर्ने समझदारी भएको थियो ।

त्यसै बैठकमा पूर्वमाओवादी नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणिचन्द्र थापा पनि पुगेका छन् ।

सम्बन्धित समाचार