माधवको पक्षमा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगे प्रदीप नेपाल

यसअघि कतै नखुलेका र एमालेमा सर्वमान्य छवि भएका नेता प्रदीप नेपाल माधव नेपालको प्रस्तावित नयाँ दलको पक्षमा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका छन् ।

प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का पक्षमा हस्ताक्षर गर्न नेता नेपाल बुधवार निर्वाचन आयोग पुगेका हुन् ।



यसअघि नेपाल कतै खुलेका थिएनन् । अस्वस्थताका बावजुद नेता नेपाल निर्वाचन आयोग पुगेका हुन् । माधव समूहका नेताहरू आयोग पुगेर सनाखत गर्ने काम भैरहेकाे छ ।

सम्बन्धित समाचार