नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ भदौ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले नेताहरुलाई जबरजस्ती रिसोर्टमा लगेर थुनेर राखेको आरोप लगाएका छन् । आज (बुधबार) पत्रकार सम्मेलन गर्दै ओलीले नेपाललाई यस्तो आरोप लगाएका हुन् ।
उनले भने ‘चाहे सुनकै पिंजाडामा होस्, चाहे भव्य रिसोर्टमा होस् ’, बलजफ्ति, अपहरणकारी र ज्यादतीपूर्ण ढंगले एमालेका सांसदहरुलाई चन्द्रागिरीमा लगेर थुनेर राखियो । त्यस्तै ओलीले यो ‘अपहरणकारी ज्यादतीपूर्ण’ काम भएको टिप्पणी गरे ।
सांसदहरु जस्ता मान्छेलाई ‘फकाइ–फकाइ लगेर, गुलिया बचन बोलेर, मिठै खान दिएर, घर घरबाट तानेर थुनियो’ ओलीको आरोप छ ।

