एमालेको कारवाही रोकेर सभामुख दाँत टाल्न जानुभयो : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका १४ सांसदलाई कारवाही गरेको सूचना टाँस्न ढिलो गरेको भन्दै सभामुख अग्नि सापकाटाको भूमिका माथि प्रश्न उठाएका छन् । पार्टीको स्थायी कमिटीको मङ्गलबार बैठकका बारेमा आज (बुधबार) ललितपुरस्थित च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनी समामुखमाथि आक्रोशित हुँदै सभामुखले आफू नै न्यायालय बन्न खोजेको आरोप लगाए ।

नेकपा एमालेले गरेको कारवाही ९ दिनसम्म थन्क्याएर राखेको र प्रचण्डले आदेश दिँदा टोपबहादुर रायमाझीजीहरुमाथि हतार–हतार कारवाही गरेको बताए । त्यस्तै ओलीले भने ‘कारवाही रोकेर दाँत टाल्न जानुभयो । मेरो शुभकामना छ, दाँत राम्रोसँग टालियोस् ।’



आफूहरुले पार्टी नफुटोस् भनेर १४ सांसदलाई कारवाही गरेको, तर सभामुखले यस विषयमा गम्भीर नभएको ओलीको आरोप छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को नियम ३५ को उपनियम ३४ ले सूचना दर्ता भएको १५ दिनभित्र सभामुखले संसद चलेको भए सदनमा जानकारी गराउने नभए सूचना टाँस गर्ने व्यवस्था छ ।

प्रतिनिधिसभामा विश्वासको मत लिन खोज्दा विश्वासको मत नदिएर ह्वीप उल्लंघन गरेको भन्दै एमालेले माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ मेटमणि चौधरीलाई पदमुक्त गर्न संसद सचिवालयमा निवेदन दिएको थियो।

सम्बन्धित समाचार