बामदेव गौतम र माधव नेपालबीच फोनवार्ता, के भयो कुराकानी ?

नेकपा (एमाले) उपाध्यक्ष बामदेव गौतम र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालबीच फोनवार्ता भएको छ । आज (बुधबार) निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) दर्ताको लागि सनाखत गरेपछि माधव नेपाले गौतमसँग फोनवार्ता गरेका हुन् ।

फोनवार्तामा गौतमले नेपाललाई छिट्टै नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने बताएका छन् । त्यस्तै गौतम र नेपालबीचको भेट एक दुई दिनमै हुने एक स्रोतले बताएको छ । यस अघि मंगलबार साँझ नेकपा एमालेका उपाध्यक्ष भीम रावल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष वरिष्ठ नेता माधवकुमार नेपालबीच फोनवार्ता भएको थियो ।



फोनवार्तामा नेपाललाई नयाँ पार्टी दर्ताको प्रक्रिया रोकेर एमालेमै फर्किन रावलले आग्रह गरेका थिए । तर, उनको प्रस्तावमा नेपालले कुनै प्रतिक्रिया नदिएको एक स्रोतले जानकारी दिएको छ ।

 

 

सम्बन्धित समाचार