आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

४४ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा दुई हजार ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १५ हजार २९० जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ९ हजार ७११ पीसीआर परीक्षण गर्दा एक हजार ८६२ र पाँच हजार ५७९ जनाको एन्टिजेन परीक्षण गर्दा ६२० जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा ४४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार ७८१ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख तीन हजर ९६४ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३८ हजार २८७ रहेको छ । जसमा ३५ हजार २५० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६१० संक्रमित आईसीयूमा र १६१ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ५२ हजार ८६३ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८१ हजार ५८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित समाचार