महन्थ ठाकुरलाई पीएम बनाउन खोज्यौं, उनी पीए मात्रै बन्न खोजेः उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाएर गएका नेताहरूलाई पीएको हैसियतको मात्रै भएको आरोप लगाएका छन् । बुधवार विराटनगरमा जसपाको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले महन्थ ठाकुरलाई पीएम (प्रधानमन्त्री) बनाउन खोज्दा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पीए बनेको आरोप लगाए ।

यादवले परिवर्तनपछि प्रतिगमनको जन्म हुने गरेको समेत बताए । निवर्तमान प्रधानमन्त्री ओलीले परिवर्तनलाई उल्ट्याउन खोजेको टिप्पणी उनले गरे ।



‘हामीले संघीयताको रक्षा गर्दा ओलीको जागिर समेत बचाइदियौं । लिपुलेक, कालापानी समेटेर नक्सा निकाल्दा हामी सबैले सहयोग गरेका थियौं तर आसेपासेले सच्चा राष्ट्रवादी भनेर चर्चा गर्न नपाउँदै ओली जागिर बचाइदिनुपर्‍यो भन्दै भारतको शरणमा परे,’ उनले भने । नेता महेन्द्रराय यादवले सरकारले विना शर्त रेशम चौधरीलाई जेलबाट छुटाउनुपर्ने बताए ।

सम्बन्धित समाचार