मुख्यमन्त्री आचार्यद्वारा पद तथा गोपनियताको शपथ

प्रदेश १ को नवनियुक्त मुख्यमन्त्री भीम आचार्य पद तथा गोपनियताको शपथ लिएका छन् । आज (बिहीबार) प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष मुख्यमन्त्री आचार्यले शपथ लिएका हुन् ।

प्रदेश नम्बर १ को मुख्यमन्त्री शेरधन राईले आफ्नो पदबाट राजीनामा दिएपछि प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका हुन् । यसअघि नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको नेतामा भीम आचार्य सर्वसम्मत चयन भएका थिए ।



नेकपा एमालेको सचिव समेत रहेका आचार्यलाई मुख्यमन्त्री बनाउने गरी आजै बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने निर्णय गरेको थियो । केपी ओलीका पक्षमा रहेका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने स्थिति आएपछि उनले राजीनामा दिएका हुन् । प्रदेश १ को कुल सांसद संख्या ९३ रहेको जसमा नेकपा एमालेसँग ५१ सांसद छन् । प्रदेशमा मुख्यमन्त्री बन्नका लागि ४७ जना सांसद आवश्यक पर्छ ।

सम्बन्धित समाचार