आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

२६ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा दुई हजार ४३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १४ हजार ३७४ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ९ हजार ७०२ पीसीआर परीक्षण गर्दा दुई हजार ५२ र चार हजार ६७२ जनाको एन्टिजेन परीक्षण गर्दा ३८१ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा २६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार ९२९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख पाँच हजर ८९३ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ३८४ रहेको छ । जसमा ३५ हजार ३५४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६२० संक्रमित आईसीयूमा र १६५ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ५४ हजार ९१५ र एन्टिजेन विधिबाट ८१ हजार ९६८ जना पुगेको छ ।

सम्बन्धित समाचार