लोसपाको कार्यकारिणी समितको पहिलो बैठकले गर्यो यस्तो निर्णय

निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को कार्यकारिणी समितिको पहिलो बैठक बसेको छ । विहीबार पार्टी कार्यालय बबरमहलमा बसेको बैठकले प्रदेश र स्थानीय तहको जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउने विषयमा छलफल भएको छ ।

बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा लोसपाका कार्यकारिणी समिति सदस्य केशव झाले बदलिँदो परिस्थितिसँगै जनतामा कसरी जाने भन्ने विषयमा पनि छलफल भएको बताए। उनले बैठकमा आन्तरिक रुपमा सांगठनिक संरचना कसरी बनाउने र कुन प्रक्रियामा बनाउने भन्ने विषयमा छलफल भएको जानकारी दिए । दल दर्तापछि पहिलो पटक बसेको बैठकमा ३३ जना सदस्य नै उपस्थित भएका थिए ।



सदस्य झाले आफूहरु दलविहीन भएको अवस्थामा पार्टी विभाजन सम्बन्धी विधेयक ल्याएर सरकारले ठूलो सहयोग गरेकोले सरकारसँगको सहकार्यमा आफूहरु सकारात्मक रहेको बताए । सरकारमा सहभागी हुने बारेमा भने लोसपाले तत्काल निर्णय लिएको छैन ।

सम्बन्धित समाचार