माधव नेपालको अभिव्यक्ति आश्चर्यजनक भएको भीम रावलको टिप्पणी

नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले नेकपा एकीकृत समाजवादी दलका अध्यक्ष माधवकुमार नेपालले एमाले काम नलाग्ने पार्टी हो भनेर दिएको अभिव्यक्तिप्रति आश्चर्यजनक भएको बताएका छन् ।

बिहीबार एक ट्विट गर्दै उनले पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक भएको टिप्पणी गरेका हुन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपालले एमाले काम नलाग्ने पार्टी भएको बताएका थिए ।



रावल ट्विटमा लेख्छन् – ”दक्षिणपन्थी पूँजीवादी नेकांसंग सहकार्य गरी पदमा जान खोज्नेहरूले नेकपा (एमाले) लाई १० बुँदे सहमतिको आधारमा एक हुनुपर्छ भन्नेहरूलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा हो । अझ यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक हो ।”

रावलको ट्विट :

रावलको ट्विट :

 

सम्बन्धित समाचार