आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

२५ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा दुई हजार ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १३ हजार ११७ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ८ हजार ७५२ पीसीआर परीक्षण गर्दा एक हजार ५७७ र चार हजार ३६५ जनाको एन्टिजेन परीक्षण गर्दा ४८८ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा २५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज दुई हजार ३३७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख आठ हजर २३० जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ रहेको छ । जसमा ३४ हजार ६७६ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ९२३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६२२ संक्रमित आईसीयूमा र १७१ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ५६ हजार ४९२ र एन्टिजेन विधिबाट ८२ हजार ४५६ जना पुगेको छ ।

सम्बन्धित समाचार