निर्वाचन आयोगले दुई पार्टीको विषयमा संसदलाई दियो यस्तो जानकारी

निर्वाचन आयोगले नवगठित नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) आयोगमा दर्ता भएको जानकारी संसद सचिवालयमा पठाएको छ । आयोगले आज (शुक्रबार) दुई नयाँ पार्टी दर्ता भएको जानकारी संसद सचिवालयमा पठाएको हो ।

आयोगले दुई दलको सांसद संख्याबारे संसदलाई जानकारी गराएको हो । माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा ३० र महन्थ ठाकुर नेतृत्वको लोसपामा १४ संघीय सांसद रहेको विवरण आयोगको पत्रमा उल्लेख गरिएको छ । त्यस्तै संसद सचिवालयमा आयोगले एमालेबाट निर्वाचित थप चार सांसद पनि नेपालको पार्टी एकीकृत समाजवादीमा सामेल हुन चाहेको निवेदन पठाएको छ । सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदादेवी भट्टले हस्ताक्षर नगरेकाले सनाखत गर्न पाउँ भन्दै आयोगमा निवेदन दिएका थिए ।



सरकारले राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य संख्या भए पुग्ने अध्यादेश ल्याएपछि माधव नेपाल समूह र महन्त ठाकुर पक्षलाई नयाँ पार्टी दर्ता गर्नको लागि बाटो खुलेको थियो ।

सम्बन्धित समाचार