अनुनय विनय गर्न थालेपछि महन्थ ठाकुर पक्षको उद्धार गरिदियौंः उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले दलविहीन भइसकेको महन्थ ठाकुर पक्षको आफूहरुले उद्धार गरेको बताएका छन् । प्रतिगामीको मतियार बनेर दलदलमा फसेपछि महन्थ ठाकुर पक्षलाई आफूहरुले उद्धार गर्न लगाएको उनको भनाइ छ ।

जसपाद्वारा शुक्रबार जनकपुरधाममा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ‘दलदलमा आफैं फसेपछि उद्धार गर्नेबारे सोच्यौं, उनीहरु शेरबहादुरजी समक्ष गए । अनुनय विनय गर्न थाले । शेरबहादुरले सोध्नुभयो के गरौं ? मैले उद्धार गरिदिनुस् भनेपछि २० प्रतिशतको आधारमा दल फुटाउने अध्यादेश ल्याइएपछि उनीहरुको उद्धार भयो ।’



उद्धार भएपछि २,४ जनाको समूह बनाएर महन्थ ठाकुर पक्ष अलग भएको यादवले बताए । ‘अलग भए पनि छाता छुटिहाल्यो, कार्यकर्ता अनि छाता जुत्ता सब यतै छुटिहाल्यो,’ यादवले भने । जसपाको आधिकारिकता निर्वाचन आयोगले यादवलाई दिएपछि दलविहीन बनेका ठाकुरले हालै मात्र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता गराएका छन् । सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा संघीय सांसदको आधारमा दल फुटाउन सक्ने अध्यादेश ल्याएपछि ठाकुरले नयाँ दल दर्ता गराएका हुन् ।

सम्बन्धित समाचार