नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ भदाै ।

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले यही भदौ ८ गतेदेखि सुरु गरेको रिले अनशन पाँच दिनपछि तोडिएको छ । जिल्ला सभापतिहरूले उठाउका माग सम्बोधनका लागि शीर्ष नेताहरू तयार भएपछि क्रियाशील सदस्यता विवाद समाधान समितिका तर्फबाट तीन नेताले शनिबार अनशन तोडाएका हुन् ।
क्रियाशील सदस्यता विवाद समाधान समितिका संयोजक कृष्णप्रसाद सिटौला तथा सदस्यहरू डा मीनेन्द्र रिजाल र रमेश लेखकले शीर्ष नेताहरूबीचको सहमति जानकारी गराउँदै जिल्ला सभापतिहरूले उठाएका माग सम्बोधन गर्ने आश्वासन दिएपछि जिल्ला सभापतिहरूले अनशन अन्त्य गरेका हुन् ।
उनले रुकुम पूर्वका जिल्ला सभापतिलाई नै क्रियाशीलबाट हटाउने काम ‘इरर’ नभएर ‘ब्लन्डर’ भएको भन्दै गल्ती सच्याउने सहमतिपछि आफ्ना नेताहरूमाथि विश्वास गरेको बताए । ‘यहाँ सहमति भएर पनि कार्यान्वयन भएन भने विश्वास घात हुन्छ । रुकुम पूर्वका सभापतिको नाम नै छुटाइएको छ, त्यो इरर होइन, ब्लन्डर हो,” आचार्यले भने, “हामीले हाम्रा नेताहरूलाई विश्वास गर्दै पर्ख र हेरको नीतिअन्तर्गत अनशन फिर्ता लिएका छौँ ।’

