माधव नेपालको प्रस्ताव अष्टलक्ष्मी शाक्यद्धारा अस्विकार, भनिन्- मुख्यमन्त्रीबाट राजीनामा दिन्छु तर एमाले छोड्दिन

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको प्रस्ताव अस्विकार गरेकी छन् । अन्तिम समयमा नेपालको साथ छोडेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ् दिएर बागमती प्रदेशकी मुख्यमन्त्री बनेकी शाक्यले नेता नेपालको प्रस्ताव अस्विकार गरेकी हुन् । नेता नेपालले उनलाई आफ्नो पक्षमा आएको खण्डमा आफूले मुख्यमन्त्रीमा टिकाउन सहयोग गर्ने बताएका थिए ।

तर नेपालको प्रस्ताव अस्विकार गर्दै शाक्यले सत्ताका लागि एमाले नछाड्ने बताएकी छन् । मुख्यमन्त्री बन्नकै लागि माधव नेपालको साथ छाडेर ओली समूहमा गएको चर्चा चालिरहेकी उनले सत्ताका लागि एमाले नछाड्ने बताएकी हुन् । शाक्य एमालेमा चरम विवाद चलिरहँदा नेपाल पक्षलाई समर्थन गरेकी थिइन् । तर उनले एमाले विभाजन भएपछि माधवको साथ छोडेकी थिइन् । उनी बागमती प्रदेशको मुख्यमन्त्री भएपछि उनले फेरी माधव नेपालको पक्षमा जान लागेको चर्चा चलेको थियो ।



नेता नेपालले केही दिनअगाडी एक कार्यक्रममा बोल्दै शाक्यलाई आफूले मुख्यमन्त्री बनाएको दाबी गरेका थिए । स्रोतका अनुसार उनले अष्टलक्ष्मी शाक्यलाई आफ्नो पार्टीमा आउन आग्रह गर्ने तयारीसमेत गरेका छन् । एकता जोगाइराख्ने प्रयोजनका निम्ति एमालेले माधवकुमार नेपाल पक्षमा रहेका दुवै नेताहरूलाई मुख्यमन्त्री बनाएको थियो । नेता नेपालले काठमाडौँमा नयाँ दल दर्ता गरेकै दिन बागमतीमा शाक्य मुख्यमन्त्री बनेकी थिइन् । एकीकृत समाजवादीले समर्थन नगर्ने भएपछि विश्वासको मत नपाउने निश्चित भएकोले त्यसअघि नै पदबाट राजीनामा दिने तयारीमा शाक्य रहेको स्रोतको दाबी छ ।

सम्बन्धित समाचार