झलनाथ खनाल भोलि स्वदेश फर्कदै

नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल भोलि(सोमबार) स्वदेश फर्कदै छन् । खनाल भारतको नयाँ दिल्लीबाट सोमबार अपराह्न काठमाडौँ फर्कन लागेका हुन् ।

नेता झलनाथ खनालको मिर्गौलाको समस्या देखिएपछि गत असार २ गते उपचारको लागि भारत गएका थिए । उनको मिर्गौलाको प्रत्यारोपण सफल भएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा खनालको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।



वरिष्ठ नेता खनालको गत साउन २० गते डा. सन्दीप गुलेरियाको नेतृत्वमा रहेको सर्जरी टिमले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक गरेको थियो । हाल उनको स्वास्थ्य अवस्थामा सुधार आएसँगै नेता खनाल नेपाल फर्कन लागेको उनको निजी सचिवालयले जनाएको छ ।

 

सम्बन्धित समाचार