निर्वाचन आयोगद्वारा एमाले र जसपाका जनप्रतिनिधिलाई यस्तो निर्देशन

दल रोज्न भदौ २२ सम्म म्याद

नेकपा एमाले र जनता समाजवादी पार्टीे (जसपा)बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई निर्वाचन आयोगले दल रोज्न समय दिएको छ । आयोगले प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्नको लागि भदौ २२ गते सम्म समय दिएको हो ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि माधव कुमार नेपाल समूह र महन्थ ठाकुर पक्षलाई नयाँ दल दर्ता गर्ने बाटो खुलेको थियो । जसमा एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जसपा फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेका छन् । दुवै पार्टीले भदौ ९ गते मान्यता पाएका थिए ।



आयोगका पदाधिकारीहरूको आइतबार सम्पन्न बैठकले नयाँ दल रोज्ने जनप्रतिनिधिहरूका लागि भदौ २२ गते बेलुका ५ बजेसम्मको हदम्याद तोकेको हो । एमाले र जसपाबाट निर्वाचित भएका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादी र लोसपामा प्रवेश गर्न चाहेमा भदौ २२ गतेसम्म सनाखत गर्नुपर्नेछ ।

सम्बन्धित समाचार