आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

२४ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा एक हजार ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १० हजार २९७ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ७ हजार २५९ पीसीआर परीक्षण गर्दा एक हजार २१४ र तीन हजार ३८ जनाको एन्टिजेन परीक्षण गर्दा १७४ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ७१४ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज दुई हजार २६० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख १२ हजर ७१२ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ रहेको छ । जसमा ३२ हजार ७४४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६२५ संक्रमित आईसीयूमा र १६७ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ५९ हजार २२२ र एन्टिजेन विधिबाट ८२ हजार ९७१ जना पुगेको छ ।

सम्बन्धित समाचार