सोमबार मन्त्रिपरिषद् विस्तार हुने, चार दलका नेताहरु मन्त्री बन्दै

सत्तारुढ नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सोमबार बेलुकासम्म सरकार विस्तार हुने बताएका छन् । नेता विश्वकर्माले आइतबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा सत्तासाझेदार दलबीच सहमति भइसकेको बताउँदै भोलि सोमबार सरकार विस्तार हुने बताएका हुन् ।

उनले भने– दलहरुबीच सहमति भइसकेको छ । सोमबारसाँझसम्ममा सरकारले पूर्णता पाउने सम्भावना छ । नेता विश्वकर्माले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सहित चार दलका नेताहरु मन्त्री बन्नेछन् ।



कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता कर्ण थापाले आफ्नो पार्टी फुटाउन सघाएको भन्दै सभामुख अग्निप्रसाद सापकोटा र सत्तारुढ दल नेपाली काँग्रेसको चर्को आलोचना गरे । उनले भने– सभामुखले नगर्नुपर्ने काम गरेका छन् । त्यसविरुद्ध आगामी दिनमा संसद चल्न नदिने अवस्था आउन सक्छ ।

सम्बन्धित समाचार