‘ज्ञानेन्द्र गए, ओली गए तर कुर्सीको खेल जारी छ ‘ : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ज्ञानेन्द्र गए,ओली गए तर कुर्सीको खेल जारी रहेको बताएका छन् ।

आज (सोमबार) एक ट्विट गर्दै भट्टराईले यस्तो बताएका हुन् । त्यस्तै, उनले भारत, खाडी पस्ने युवाहरूको लर्को जारी छ, कमिसनखोरको खेलो जारी रहेको टिप्पणी गरेका छन् । भट्टराईले छिमेकीको हैकम, छाउपडी, छोइछिटो, मधेसी,थारू,जनजातिको पहिचानको खोजी, श्रमिकको चुलो खाली, अत:वैकल्पिक शक्तिको खोजी जारी रहेको बताएका हुन् ।



सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले लेखेका छन्–‘ज्ञानेन्द्र गए,ओली गए तर कुर्सीको खेल जारी छ!भारत,खाडी पस्ने युवाहरूको लर्को जारी छ!कमिसनखोरको खेलो जारी छ!छिमेकीको हैकम जारी छ!जयसिंह धामीको वेपत्ता जारी छ!छाउपडी जारी छ!छोइछिटो जारी छ!मधेसी,थारू,जनजातिको पहिचानको खोजी जारी छ!श्रमिकको चुलो खाली छ!अत:वैकल्पिक शक्तिको खोजी जारी छ!”

भट्टराईको ट्विट :

भट्टराईको ट्विट :

 

सम्बन्धित समाचार