नेकपा एमालेले जनप्रतिनिधिलाई दियो यस्तो निर्देशन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई पार्टी विभाजनविरुद्ध उत्रिन आन्तरिक सर्कुलर जारी गरेको छ । हिजो (आइतबार) आन्तरिक पार्टी निर्देशन जारी गर्दै एमालेले यस्तो निर्णय गरेको हो ।

एमालेले पछिल्ला बैठकको निर्णय समेटेर जारी गरेको अन्तर पार्टी निर्देशनमा पार्टीको पक्षमा सक्रिय भूमिका खेल्न पार्टीका सबै जनप्रतिनिधि सदस्यहरुलाई निर्देशन दिएको हो । हिजो (आइतबार)निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टीे (जसपा)बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न समय दिएको थियो ।



आयोगले प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्नको लागि भदौ २२ गते सम्म समय दिएको हो । एमाले र जसपाबाट निर्वाचित भएका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादी र लोसपामा प्रवेश गर्न चाहेमा भदौ २२ गतेसम्म सनाखत गर्नुपर्नेछ ।

सम्बन्धित समाचार