नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ भदौ ।

नेता प्रदीप नेपालले नेकपा एकीकृत समाजवादी पार्टी छाडेका छन् । यसअघि प्रदीप नेपाल माधव नेपालको प्रस्तावित नयाँ दलको पक्षमा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका थिए ।
सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै नेपालले आफूले माधव नेपालबाट धोका पाएको बताएका हुन् । त्यस्तै उनले आफू नेकपा एमालेमा पनि नजाने उल्लेख गरेका छन् । फेसबुकमा नेपाल लेख्छन्, ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपचार लिएर जानुपर्ने भो । विदा ।’
त्यस्तै, उनले भने ‘म केपीसँग जान्न, किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ।’ यस्तै ,नेपालले माधवकुमार नेपाललाई ‘तपाईं पनि झेली कुरा गर्न सिक्नुभएछ ’ भनेका छन् ।

