आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

१६ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा दुई हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १० हजार २९७ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ११ हजार ८९२ पीसीआर परीक्षण गर्दा एक हजार ९०२ र चार हजार ३४१ जनाको एन्टिजेन परीक्षण गर्दा ३९३ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १६ हजार २३३ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार ८०८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख १४ हजर ५२० जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ रहेको छ । जसमा ३३ हजार ३३३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ५४१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५६८ संक्रमित आईसीयूमा र १६० जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ६१ हजार २४ र एन्टिजेन विधिबाट ८३ हजार ३६४ जना पुगेको छ ।

सम्बन्धित समाचार