तत्काल लोसपालाई सरकारमा नल्याउन उपेन्द्रको दवाव, छाने ५ मन्त्री

जनता समाजवादी पार्टीमा पनि आकांक्षी धेरै भएकाले मन्त्री छान्न समस्या भएको छ । महन्थ ठाकुर पक्षबाट आएकालाई पनि समेट्नुपर्ने भएपछि उपेन्द्र यादव दवावमा छन् । उनले प्रधानान्त्री शेरबहादुर देउवालाई तत्काल लोसपालाई सरकारमा नल्याउन पनि दवाव दिएको बताइन्छ । विभिन्न प्रदेशमा आफ्नो पार्टीमा मन्त्री बन्न नपाएकाहरु लोसपामा गएर मन्त्री बन्ने सम्धावनालाई मध्यनजर गर्दै उपेन्द्रले देउवालाई यस्तो दवाव दिएका हुन् ।

देउवाले उपप्रधानमन्त्री पद नराख्ने भएपछि उपेन्द्र यादव आफैँ सरकारमा सहभागी हुने सम्भावना छैन । त्यसैगरी, इस्तियाक राई र महेन्द्र राय यादवले मन्त्रीको दाबी गरेका छन् । त्यसैगरी, मृगेन्द्रसिंह यादव, प्रदीप यादव, रेणु यादव र रामसहाय यादव, प्रमोद साहले पनि मन्त्री हुन पाउनुपर्ने भन्दै पार्टीमा लबिङ गरिरहेका छन् ।



यद्दपी अध्यक्ष यादवले महेन्द्र राय यादव, प्रदीप यादव, रेणु यादव, रामसहाय यादव र प्रमोद साहलाई मन्त्री बनाउनेगरी लिष्ट उतारेको स्रोतको दाबी छ ।

सम्बन्धित समाचार