नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ भदौ ।
स्थानीय बजारमा आइतबार र सोमबार स्थिर रहेको पहेँलो धातुको मूल्य आज (मंगलबार ) ४०० रुपैयाँले ओरालो लागेको छ । सोमबार तोलामा रु ९१ हजार ६०० मा कारोवार भएको छापावाला सुनको आज भने रु ९१ हजार २०० मा कारोवार भएको हो ।
त्यस्तै तेजाबी सुन सोमबार तोलामा रु ९१ हजार १०० मा कारोवार भएकामा आजका लागि भने रु ९० हजार ७०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य सोमबारको मूल्य भन्दा ५ रुपैयाँ घट्दै तोलाको रु १ हजार २०५ मा कारोवार भएको छ ।
केही दिन यता नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ हुँदै आएको छ ।