सुदूरपश्चिमका १३ सांसदले एमाले छाडी नेकपा (एकीकृत समाजवादी) रोजे

सुदूरपश्चिम प्रदेशसभाका १३ सांसद नेकपा एमाले परित्याग गर्दै माधव कुमार नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएका छन् । एमालेका २५ सांसदमध्ये १३ जना नेकपा (एकीकृत समाजवादी) पार्टीमा जान लागेका हुन् ।

आज (मंगलबार)सांसदहरुले सुदूरपश्चिमको निर्वाचन आयोगको कार्यालयमा सनाखत गराउन तयारी गरेका छन् । सनाखत गर्नेमा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, सांसदहरु बलबहादुर सोडारी, अम्मर साउद, चुनकुमारी चौधरी, मना साउद, तारालामा तामाङ, अर्चना गहतराज, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट रहेका छन् ।



निर्वाचन आयोगले सनाखतका लागि २२ गतेसम्मको समय दिएको थियो। सुदूरपश्चिममा एमालेका सभामुखसहित २५ सांसद छन् । यसअघि प्रदेशसभामा सभामुखसहित एमालेका २५ सांसदमध्ये १८ जना माधव नेपाल समूहमा र ७ जना केपी ओली समूहतिर जाने निर्णय गरेका थिए ।

सम्बन्धित समाचार