नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ भदौ ।

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर, ताप्ली गाउँपालिका-२ लेखगाँउ बस्ने ३२ वर्षीय राकेश राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भदौ २ गते ती बालिकालाई राईले आफ्नै घर लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगा, सिद्धिचरण नगरपालिका-११ बस्ने २९ वर्षीय यौवन ताम्राकारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
विद्यालयबाट घर फर्किँदै गरेको अवस्थामा ताम्राकारले सोही ठाउँस्थित घुन्सा डाँडामा लगि २०७७ चैत ११ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
