नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ भदौ ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (बुधबार) २०० रुपैयाँले ओरालो लागेको छ । मंगलबार तोलामा रु ४०० घट्दै ९१ हजार २०० मा कारोवार भएको छापावाला सुनको आज भने रु ९१ हजारमा कारोवार भएको हो ।
त्यस्तै तेजाबी सुन मंगलबार तोलामा रु ९० हजार ७०० मा कारोवार भएकामा आजका लागि भने रु ९० हजार ५०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य मंगलबारको मूल्य भन्दा १० रुपैयाँ घट्दै तोलाको रु १ हजार १९५ मा कारोवार भएको छ ।
केही दिन यता नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ हुँदै आएको छ ।