साउदी गएका मण्डल पाँच वर्षदेखि सम्पर्कविहीन

वैदेशिक रोजगारमा गएका धनुषाका एक व्यक्ति विगत पाँच वर्षदेखि परिवारसँग सम्पर्कविहीन अवस्थामा छन् । धनुषा कमला नगरपालिका– ७ सिङ्ग्याही मडान बस्ने दुखि मण्डल विगत पाँच वर्षदेखि परिवारबाट सम्पर्कविहीन रहेका छन् । उनी सम्पर्कविहीन भएपछि परिवार चिन्तामा छ ।

आठ वर्ष पहिले मण्डल वैदेशिक रोजगारमा गएका थिए । दुई/तीन वर्षसम्म फोनमा कुराकानी हुने र पैसा पठाउने गरे पनि पाँच वर्षदेखि सम्पर्कविहीन भएको श्रीमती विनितादेवी मण्डलले बताइन्। आर्थिक अवस्थामा सुधार ल्याउन, छोराछोरीको भविष्य उज्ज्वल पार्ने सपना बुन्दै श्रीमानलाई विदेश पठाएकी विनिता यति बेला श्रीमान हराएपछि निकै चिन्तामा छिन् ।



विनिताले भनिन्, श्रीमानलाई साउदी अरबबाट कमाएर पठाएको पैसाले ऋण तिर्ने, दुई सन्तानलाई राम्रो शिक्षा दिने, एउटा घर बनाउने र खुसीयाली साथ जीवनयापन गर्ने सोचेका थिए, सुरु–सुरुमा सबै राम्रो नै थियो ।’ विनिताले थाहा पाएसम्म उनका श्रीमान ऊट र बाख्राको रेखदेखको काममा गएका हुन् । उनीसँग मोबाइल फोन नभएकाले मालिकले नै घरमा फोन सम्पर्क गराउने गरेको विनिताले बताइन् । अहिले त मालिक पनि सम्पर्कमा नभएको विनिताले जानकारी दिइन् ।

सम्बन्धित समाचार