कांग्रेस महाधिवेशनबारे वरिष्ठ नेता पौडेलले जारी गरे यस्तो भिडिओ अपिल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४औं महाधिवशेनका सन्दर्भमा आज बिहान भिडिओ सन्देश जारी गरेका छन्।

उनले भिडिओ अपिलमार्फत सम्पूर्ण नेतारकार्यकर्तालाई महाधिवेशनबाट असल नेतृत्व चयन गर्न आग्रह गरेका छन्।



‘ढिलै भए पनि नेपाली कांग्रेसको १४औं महाधिवेशन हाम्रोसामु आएको छ। १८ गतेबाट देशव्यापी रूपमा वडाबाट नै हाम्रो पार्टीको निर्वाचनको सुरुवात हुँदै छ,’ पौडेलले भनेका छन्, ‘हाम्रो पार्टीलाई चिन्तनशील, निष्ठावान् नेतृत्वको आवश्यकता छ। त्यसकारण म सम्पूर्ण साथीहरूलाई यो घडीमा अपिल गर्न चाहन्छु– सोहीअनुरूप आफ्नो आत्माको पुकार सुनेर निर्णय गर्नुहोला।’

सम्बन्धित समाचार