नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ भदौ ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (बिहीबार) २०० रुपैयाँले ओरालो लागेको छ । बुधबार तोलामा रु २०० घट्दै ९१ हजारमा कारोवार भएको छापावाला सुनको आज भने रु ९० हजार ८०० मा कारोवार भएको हो ।
त्यस्तै तेजाबी सुन बुधबार तोलामा रु ९० हजार ५०० मा कारोवार भएकामा आजका लागि भने रु ९० हजार ३०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य बुधबार मूल्य भन्दा १० रुपैयाँ बढ्दै तोलाको रु १ हजार २०५ मा कारोवार भएको छ ।
केही दिन यता नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ हुँदै आएको छ ।