नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ भदौ ।
मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । नर्भिक अस्पतालमा उपचाररत घिमिरेको बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको हो ।
‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ । दुर्घटना परी गम्भीर घाइते भएकी निशाको नर्भिक अस्पतालले उद्धार गरेको थियो । फिल्म सम्बन्धी अध्ययन लागि भारत गएको बेला उनी सडक दुर्घटनामा परेर घाइते भएकी थिइन्
गत जेठ २७ गते अस्पतालका प्रबन्ध सञ्चालक मेघा चौधरी उद्धार गरेकी थिइन् । निशाको सम्पूर्ण उपचार खर्च नर्भिकले नि:शुल्क रुपमा गर्दै आएको थियो । लगातार अक्सिजनको साहारामा सीसीयूमा उपचाररत निशाको स्वास्थ्य सोचेअनुरुप सुधार आएको थिएन । बुधबार बिहानबाट मुटु र मृगौलाले काम गर्न छाडेपछि उनको अवस्था थप गम्भीर बनेको थियो ।