माधव नेपाल र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र बीच भेटवार्ता भएको छ । आज (बिहीबार) सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो ।

भेवार्तामा सरकारमा सहभागिता र सरकारका कामको विषयमा छलफल भएको एक स्रोतले बताएको छ । भेटवार्ता करिव २० मिनेट भएको थियो । केही दिनयता लगातार गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरू छलफलमा जुटिरहेका छन् । तर, मन्त्रिपरिषद् विस्तारबारे अझै ठोस निर्णय आउन सकेको छैन । सत्ता गठबन्धनका नेताहरुले भदौ २२ पछि मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ । विभाजित पार्टीका जनप्रतिनिधिहरुलाई दल रोज्ने विकल्प निर्वाचन आयोगले भदौ २२ गतेसम्म दिएपछि गठबन्धनका नेताहरुले त्यसपछि मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ ।



यसअघि आजै प्रधानमन्त्री निवास बालुवाटरमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो । भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।

 

 

 

सम्बन्धित समाचार