‘अब माधव नेपालको हरिबिजोग मात्रै देख्न बाँकी रहेको छ’ : सूर्य थापा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता सूर्य थापाले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टी विभाजन गरेर अपराधपूर्ण कार्य गरेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा थापाले नेपालले पार्टी विभाजन गरेर अपराधपूर्ण कार्य गरेको र अब हरिबिजोग देख्न बाँकी रहेको टिप्पणी गरेका हुन् ।

त्यस्तै थापाले बहुमतकाे सरकार बनाउने सम्भावनाका बीच २०५६ मा वामदेवले, २०६९ मा अशाेक राई, राजेन्द्र श्रेष्ठले र २०७८मा माधव कमार नेपालले अपराधपूर्ण कार्य गरेको बताए । थापाले पार्टी फुटाएर हिडेका वामदेवको प्रधानमन्त्री हुने सम्भावना सधैका लागि सकिएको पनि फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।



थापाले फेसबुक स्टाटसमा लेखेका छन्, ‘प्राय:आम निर्वाचन अघि भारत र अमेरिकाका सत्तासीनहरू युद्धको भीषण तयारी गर्छन्। अनि कहिले पाकिस्तान त कहिले कद्दाफी, सद्दाम र लादेन खाेज्दै कृत्रिम याेजनामा धावा बाेलेर चुनाव जित्ने गर्छन्,केही दशकयता याे क्रम देखिंदै आएकाे छ!’

‘नेपालमा भने चुनावकाे मुखमा एमाले फुटाउने, टुक्रयाउने र चाेइट्याउने गर्दै आएकाे देख्न पाइन्छ, बहुमतकाे सरकार बनाउने संभावनाका बीच २०५६ मा वामदेवले, २०६९ मा अशाेक राई- राजेन्द्र श्रेष्ठले र २०७८ मा माधव कु.नेपालले याे अपराधपूर्ण कार्य गरेका छन् । पार्टी फुटाएर हिंडेका वामदेवकाे प्रधानमन्त्री हुने सम्भावना सधैका लागि सकियाे र जति छटपटिए पनि पछि अर्थै भएन । अशाेक- श्रेष्ठ त मधेसी पार्टीमा पुगेरअंगिकृत नागरिकजस्ताे हुन पुगे। अब देख्न बाँकी माधव कु.नेपालकाे हरिबिजाेग मात्रै रहेकाे छ।’

उनकाे पार्टी नेपाली राजनीतिमा पन्ध्र महिनापछि नै स्यालकाे सिङजस्तै हराउने निश्चित छ। किनकि,जनताले एमालेलाई सत्ताबाट हटाउन गरेका अपराधहरू नजिकबाट हेरेका छन् र दण्ड दिन मात्रै पर्खिरहेछन् !

सम्बन्धित समाचार